म्युचअल फण्ड निष्कासन बैंशाख ५ गतेदेखि सुरु भई छिटोमा ९ गते र ढिलोमा जेठ ३ गते तोकिएको छ । कोष प्रवद्र्धक नविल र योजना व्यवसथापक नविल इन्भेष्टमेन्ट बैंङ्किङ लिमिटेड रहेको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता नविल बैंङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेको छ । नविलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड ईकाइ म्युचअल फण्ड निष्कासन गर्न लागेको हो ।
म्युचअल फण्ड निष्कासन बैंशाख ५ गतेदेखि सुरु भई छिटोमा ९ गते र ढिलोमा जेठ ३ गते तोकिएको छ । कोष प्रवद्र्धक नविल र योजना व्यवसथापक नविल इन्भेष्टमेन्ट बैंङ्किङ लिमिटेड रहेको छ ।
न्युनतम १०० देखि १ करोड २० लाख कित्तासम्म आवेदन दिन पाइने नविलले जानकारी दिएको छ । चालु आर्थिक वर्ष सुरु भएपछिको यो पहिलो म्युचअल फण्ड हो । अझै ७ अर्ब ७५ करोड रुपैयाँको म्युचअल फण्ड पाइपलाइनमा रहेका छन् । सेयर बजार निरन्तर घटेपछि पछिल्लो समयमा मर्चेन्ट बैंङ्करले म्युचअल फण्ड निष्कासन गर्न ढिलाइ गर्दै आएका छन् ।