तामाकोसीले थप रकम मागेको बताउदै यस विषयमा छलफल भइरहेको प्रशासक गौतमले स्पष्टपारे । ‘उसले कोषसंग ५ अर्ब, लगानी कोष र बिमा संस्थानसंग ५ गरी कुल १० अर्ब रुपैयाँ मागेको छ’ उनले भने ‘यस विषयमा हामीले कसरी थप कर्जा दिने भन्ने विषयमा छलफल गरिरहेका छौं’ ।
काठमाडौं । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई अपुग रकम जुटाउन छलफल सुरु भएको छ । मुख्य लगानीकर्ता कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानसंग छलफल सुरु भएको हो ।प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनाको बाँकी काम सम्पन्न गर्न अझै १० अर्ब रुपैयाँ रकम अपुग हुने भएपछि सरकार तथा ऋण लगानी गर्ने संस्थासंग छलफल थालेको प्रवत्ता गणेश न्यौपानेले बताए ।
पहिला अनुमान गरिएको भन्दा लागत बढेपछि थप रकमका लागि आयोजनाले छलफल थालेको उनले जानकारी दिए । क्यापिटल नेपालसंग कुरा गर्दै प्रवक्ता न्यौपानेले भने ‘पहिलो ४१ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, विविध कारणले लागत बढेपछि थप रकम आवश्यक पर्ने देखिएको छ’ । उनका अनुसार लागत बढेर ४९ अर्ब रुपैयाँ पुगेको छ । यो निर्माण अवधिको ब्याज बाहेक हो ।
आयोजनाको समय लम्बिँदा निर्माण अवधिको ब्याज मात्रै २० अर्ब रुपैयाँ पुगेको छ । पैसाको समस्या आएपछि तत्कालका लागि भनेर संचय कोषले आयोजनालाई १ अर्ब रुपैयाँ ब्रिजलोन उपलब्ध गराएको छ । यसमध्ये ५० करोड रुपैयाँ दिइसकेको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको प्रत्याभूति (ग्यारेन्टी)मा सो ब्रिजलोन उपलब्ध गराएको उनले सुनाए । अन्य स्रोतबाट व्यवस्था भएपछि कोषले रकम फिर्ता लिने भएको छ ।तामाकोसीले थप रकम मागेको बताउदै यस विषयमा छलफल भइरहेको प्रशासक गौतमले स्पष्टपारे । ‘उसले कोषसंग ५ अर्ब, लगानी कोष र बिमा संस्थानसंग ५ गरी कुल १० अर्ब रुपैयाँ मागेको छ’ उनले भने ‘यस विषयमा हामीले कसरी थप कर्जा दिने भन्ने विषयमा छलफल गरिरहेका छौं’ ।
आउँदो मंसिरभित्रै आयोजनाको काम सम्पन्न गर्नका लागि कम्पनीलाई भनिरहेको उनले बताए ।हालसम्म ९८ प्रतिशत काम सकिएको छ । आयोजनाको काम सक्न अब २ प्रतिशत मात्र बाँकी छ । आउँदो मंसिरसम्म आयोजनाको काम सम्पन्न हुने न्यौपानले जानकारी दिए । अंग्रजी नयाँ वर्षसम्म आयोजनाबाट बिजुली उत्पादन हुने न्यौपानेको भनाई छ । जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुनले दुईसाता अघि आयोजनाको स्थलगत अवलोकन गरी निर्धारित समयमा सक्न आयोजनालाई निर्देशन दिएका छन् ।
लट २ अन्तर्रगत स्टिललाइनिङ्गको काम भइरहेको छ । यस्तै सिमेन्ट घोला हाल्ने लगायत अन्य संरचना निमर्माणको काम भइरहेको छ । राष्ट्रिय गौरवको तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट थप १७ करोड ५० लाख युनिट बिजुली उत्पादन गर्न आयोजनाले रोल्वालिङ्ग डाइभर्सनको काम अघि बढाएको छ ।