जलविद्युत कम्पनीहरुको आईपीओ बिक्न गाह्रो हुन थालेको छ । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको सेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागिता जनाएको दुलालको भनाई छ ।
काठमाडौं । माग भन्दा अधिक आवेदन परेपछि हिमालय उर्जा विकास कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबारसम्म मात्र खुला हुने भएको छ । आईपीओ खुलेको ३ दिनमा मा ३ गुणा बढी आवेदन परेपछि सोमबारसम्म मात्र खुला हुने भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।
कम्पनीले १४ करोड ,८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ खुलाएकोमा आईतबारसम्म ५१ हजार ३१६ आवेदकबाट ३७ करोड ३५ लाख २९ हजार रुपैयाँका लागि आवेदन परेको उनले जानकारी दिए। सोमबार आईपीओ भर्ने अन्तिम दिन भएकाले माग भन्दा ४ गुणा बढी आवेदन पर्ने दुलालको दावी छ ।
कम्पनीले चैत्र २० गतेबाट आईपीओ निष्काशन गरेको हो । जलविद्युत कम्पनीहरुको आईपीओ बिक्न गाह्रो हुन थालेको छ । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको सेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागिता जनाएको दुलालको भनाई छ ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति गरी कुल १९ मेगावाट रहेको छ ।
दुबै आयोजना बनाउन करिव ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत करिव १६ करोड ५६ लाख रुपैयाँ मात्र रहेको छ । दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने दुलालले बताए ।