नेशनल बैकिङ ईन्ष्टिच्युट (एनबीआई)ले मानव पुँजी सम्मेलन आयोजना गरेको छ । सम्मेलनको उद्घाटन एनबीआईको सञ्चालक समितिका सदस्य उपेन्द्र पौडेल र आई डी एफ सी बैङ्ककी कार्यकारी उपाध्यक्ष हार्लिना सोधीले संयुक्त रुपमा गरेका हुन ।
सभालाई सम्बोधन गर्दै पौडेले संस्था अङ्गीकार गर्ने संस्कृतिको पहिचान गर्न संस्थालेनै यसमा जोड दिनु पर्ने बताए । आई डी एफ सी बैङ्ककी कार्यकारी उपाध्यक्ष सोधीले सिकाई र क्षमता वुद्धिमा प्रविधिमा जोड दिनुपर्ने बताइन् ।
एन बी आईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले मानव संशोधन स्रोतलाई महत्वपूर्ण साधनको रुपमा रुपान्तरण गरी उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिँदै यसलाई माथिल्लो तहका कर्माचारी देखि सञ्चालक समितिका पदधिकारीलाई समेतको ध्यानआकर्षण गराएका छन् ।
त्यस्तै उद्घाटनमा बोल्दै नेपाल बैकिङ एसोसिएसनका उपाध्यक्ष अनुकुल भटनागरले अबको वित्तीय पहँुच ग्र्रामिण क्षेत्रमा हुने हुँदा मानव संसाधनलाई ग्रामिण उन्मुख हुन सल्लाह दिएका छन् ।
पाट्नर एण्ड हेड– केपि एमजी एकेडेमी का निश्चय सुरीले मानब संसाधन बिकासको लागि लर्निङ र डेभलपमेन्टलाई जोड दिन सल्लाह दिएका छन् । सम्मेलनमा १ सय ५० भन्दा बढी बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी सहभागी थिए ।