सम्झौताअनुसार कामना बैङ्कका सम्पूर्ण खातावाला, कर्मचारीका साथै उनीहरुका परिवारका अन्य सदस्यहरुले सहारा हस्पिटलमा उपचार गराउँदा तथा औषधि किन्दा विशेष छुट पाउनेछन् ।
काठमाडौं । कामना सेवा विकास बैङ्क र साहाराहस्पिटल पोखराबीच विशेष छूट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार कामना बैङ्कका सम्पूर्ण खातावाला, कर्मचारीका साथै उनीहरुका परिवारका अन्य सदस्यहरुले सहारा हस्पिटलमा उपचार गराउँदा तथा औषधि किन्दा विशेष छुट पाउनेछन् ।
सम्झौताबाट बैङ्कको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहक लाभान्वित हुने बैङ्कले जानकारी दिएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैङ्कका तर्फबाट डिपोजिट एन्ड ट्रान्जेक्सन बैङ्किङका प्रमुख सुवास भट्टराई र सहारा हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरिधारी शर्माले हस्ताक्षर गरेका थिए ।