सामुदायिक लघुवित्तको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक लेखापरीक्षण विवरण प्रतिवेदन पारित भएको छ ।

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था बनेपाको आइतबार पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक लेखापरीक्षण विवरण प्रतिवेदन पारित भएको छ । साथै आर्थिक वर्ष २०७५/७६ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीहरुका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकका लागि निर्वाचन भएको छ ।

संस्थाले हालसम्म सेयरधनीलाई लाभांश तथा बोनस सेयर वितरण गरेको छैन । तर, आगामी वार्षिक साधारण सभामा संस्थाको नाफाबाट उपयुक्त प्रतिशतमा लाभांश तथा बोनस सेयर वितरणको प्रस्ताव ल्याउन सकिने कुरा सभामा जानकारी एवम् छलफल भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा संस्थाको खुद नाफा १ करोड ५५ लाख ७० हजार आठ सय ५८ रुपैयाँ छ । संस्थाको चुक्ता पुँजी १० करोड रुपेयाँ पुगेको बताइएको छ ।