कामना सेवा विकास बैंङ्ले सेयरधनीलाई ९.५ प्रतिशत लाभांश दिने

बैंङ्कको गत आइतबार बसेको सञ्चालक समिति बैठकले १.५ प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र ८ प्रतिशत अर्थात २० करोड रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावगरेको हो ।

काठमाडौं । कामना सेवा विकास बैंङ्कले लाभांश प्रस्ताव गरेको छ । बैंङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद गरी ९.५ प्रतिशत लाभांश प्रस्ताव गरेकोे हो ।

बैंङ्कको गत आइतबार बसेको सञ्चालक समिति बैठकले १.५ प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र ८ प्रतिशत अर्थात २० करोड रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावगरेको हो ।

लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंङ्कमा प्रस्ताव गरेको कामना सेवाले जनाएको छ ।