बौद्धस्थित मनि ट्रान्सफरबाट खुकुरी देखाएर पैसा लुटियो

काठमाडौंको बौद्धस्थित मनि ट्रान्सफर सेन्टरबाट खुकुरी देखाएर ३ लाख १५ हजार रुपैयाँ नगद लुटिएको छ । पाथिभरा मनिट्रान्सफर सेन्टरका सञ्चालक रबी श्रेष्ठको साथबाट उक्त रकम लुटिएको हो ।

काठमडौं । काठमाडौंको बौद्धस्थित मनि ट्रान्सफर सेन्टरबाट खुकुरी देखाएर ३ लाख १५ हजार रुपैयाँ नगद लुटिएको छ । पाथिभरा मनिट्रान्सफर सेन्टरका सञ्चालक रबी श्रेष्ठको साथबाट उक्त रकम लुटिएको हो ।

बौद्धकै नविल बैङ्क शाखाबाट रकम निकालेर मनि ट्रान्सफर फर्किएपछि ३ जना युवाको समूहले श्रेष्ठलाई खुकुरी देखाई उक्त रकम लुटेर फरार भएका प्रहरीले जनाएको छ । फरार लुटेराहरुको खोजी कार्य भइरहेको काठमाडौं प्रहरी प्रवक्ता होमेन्द्र बोगटीले जानकारी दिए ।