नेपाल इन्भेष्टमेन्ट बैंङ्कले ऋणपत्र निष्कासन गर्दै, १०.५ प्रतिशत ब्याज दिने

१ अर्ब २० करोड रुपैयाँ संस्थागत र ८० करोड रुपैयाँ सर्वसाधारणलाइ निष्कासन गर्ने बैंङ्कले जनाएको छ ।

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैंङ्कले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

ऋणपत्र निष्कासन गर्न बैंङ्कले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । वार्षिक १०.५ प्रतिशत ब्याज दिने ऋणपत्र २०८२ मा फिर्ता हुने छ ।

१ अर्ब २० करोड रुपैयाँ संस्थागत र ८० करोड रुपैयाँ सर्वसाधारणलाइ निष्कासन गर्ने बैंङ्कले जनाएको छ । ऋणपत्र निष्कास तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।