कुमारीले दुई आर्थिक वर्षको नाफालाई जोडेर सेयरधनीलाई २१.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभाले पारित गर्ने छ । आर्थिक वर्ष ०७३/०७४ मा गरेको नाफाबाट सेयरधनीलाई १२.७५ र गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको हो ।
काठमाडौं । कुमारी बैंङ्कले दुई वर्षको धारणसभा एकै पटक गर्ने भएको छ । बैंङ्कले १७ औं र १८ औं वार्षिक साधारणसभा बैंशाख २६ गते गर्ने भएको छ । कुमारीको सोमबार बसेको सञ्चालक समिति बैंठकले दुबै वर्षको साधारणसभा एकैपटक गर्ने निर्णय गरेपछि नयाँ मिति तोकिएको हो ।
कुमारीले दुई आर्थिक वर्षको नाफालाई जोडेर सेयरधनीलाई २१.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभाले पारित गर्ने छ । आर्थिक वर्ष ०७३/०७४ मा गरेको नाफाबाट सेयरधनीलाई १२.७५ र गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको हो ।
दुई वर्षको गरी कुमारीले १ अर्ब ५२ करोड २१ लाख ७८ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने बैंङ्ले जनाएको छ । कुमारीको चुत्तापुँजी ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुत्तापुँजी साढे ८ अर्ब रुपैयाँ भन्दा बढी हुने छ ।
कुमारीले धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्नका लागि सञ्चालक समितिमा प्रस्ताव लैजाने भएको छ । यस्तै मर्जर र एक्जिसनमा जानका लागि प्रस्ताव पेश हुने बैंङ्कले जनाएको छ ।