बर्षौसम्म बैङ्कको ‘लोन’ नतिर्दा पनि चण्डी ढकाललाई किन भएन कारबाही ?

उनीहरुले आफ्नै च्याम्बरमा बोलाएर तत्काल बैंङ्को सावाँ र ब्याज भुक्तानी नगरे अब बचाउन नसक्ने बताएका छन । प्रधानमन्त्री ओलीले तत्काल बैंङ्को कर्जा चुत्ता नगरे जे पनि हुन सक्ने भन्दै ढकाललाई सचेत समेत गराएका छन् । ‘अहिलेसम्म जेनतेन बचायौ अब सक्दैनौं,’ तत्काल तिर्ने भए तिर्नुस, नभए कानुनी प्रक्रियामा बैंङ्क जान्छ,

काठमाडौं । तयारीपोशाक (गार्मेन्ट) व्यवसायबाट टाट पल्टिएका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई राष्ट्रिय वाणिज्य बैङ्कका भएको ऋणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले झपारेका छन ।

उनीहरुले आफ्नै च्याम्बरमा बोलाएर तत्काल बैंङ्को सावाँ र ब्याज भुक्तानी नगरे अब बचाउन नसक्ने बताएका छन । प्रधानमन्त्री ओलीले तत्काल बैंङ्को कर्जा चुत्ता नगरे जे पनि हुन सक्ने भन्दै ढकाललाई सचेत समेत गराएका छन् । ‘अहिलेसम्म जेनतेन बचायौ अब सक्दैनौं,’ तत्काल तिर्ने भए तिर्नुस, नभए कानुनी प्रक्रियामा बैंङ्क जान्छ, अर्थमन्त्रीले खतिवडाले ढकाललाई दिएको चेतावनीलाई उदृत गर्दै स्रोतले भन्यो ‘व्यवसाय टाट पल्टिसक्यो ।

उद्योेग राखेको जग्गा समेत बेचिसक्नुभयो । तर, पनि बैंङ्कलाई बुझाउनुपर्ने रकम नबुझाइ बस्ने ? अनि हामीले सधैभरी बचाई राख्नुपर्ने ?’बैंङ्कले पटक–पटक ताकेता गर्दा पनि ढकालले जवाफ नदिएपछि बैङ्का प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले ढकालको ऋणको बारेमा अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई जानकारी गराएका पनि थिए । त्यसपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. खतिवडाले बोलाएको स्रोतको दाबी छ ।

ढकालले झापामा स्थापना गरेको मोमेन्टो एपेरिएल्स प्रालि नामक गार्मेन्ट उद्योग सन २०१२ बाट बन्द भएको हो । त्यही गार्मेन्ट उद्योग खोल्दा लिएको ऋणको सावाँ र ब्याज गरेर ढकालले बाणिज्य बैङ्कलाई झण्डै १ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । तर, आज उद्योग बन्द भएको पनि बर्षौ बित्तिसकेको छ । अझै पनि उनले ऋण तिरेका छैनन । उनले शत्तिकेन्द्रको आडमा अवज्ञा गर्दै आएका छन् ।

बैङ्का सीईओ श्रेष्ठले अहिले ढकालसँग ‘नेगोसिएसन’ भइरहेको बताए । ‘के गर्ने भनेर केही दिनमा निर्णय गर्छौ,’ उनले क्यापिटल नेपालसँग भने, ‘यदि उहाँले तिर्नु भएन भने कानुनी उपचारमा जानुको विकल्प छैन । त्यो कुरा हामीले उहाँलाई सचेत गराइसकेका छौं ।’जनताको पैसा यत्रो समयसम्म नतिर्दा पनि बैंङ्क किन चुप लागेर बसेको ? भन्ने प्रश्नमा श्रेष्ठले ढकाललाई पटक–पटक ताकेता गर्दा पनि रकम नबुझाएको बताए ।

‘बैङ्क चुप लागेर बसेको होइन,’ उनले भने, ‘केही प्राविधिक अप्ठयारो परेकाले हो ।’ उनले ढकालले तिर्नुपर्न रकमको बारेमा बताउँन चाहेनन । बैङ्कले कसरी कहिलेसम्म उठाउने र ढकालले पनि तिर्नु भनिरहेका बेला उनको ऋण रकम बाहिर ल्याउनु त्यति उपयुक्त नहुने उनको भनाइ छ । ढकालले यस विषयमा बारम्बार छलफल भइसकेको बताए । यो उद्योग पुन सञ्चालन हुन्छ ।

त्यसका लागि बैङ्कसँग छलफल चलिरेकेको उनको भनाइ छ । वाणिज्य बैङ्कको सीइओसँग उद्योग चलाउने विषयमा धेरै पटक बैठक भइसकेको छ । किरणा जीले के आधारमा तपाइलाइ यो कुरा भन्नु भयो मलाइ थाहा भएन, उनले भने तर, यो उठ्नुपर्ने विषय नै होइन ।

एक समयमा मोमेन्टोले नेपालबाट धेरै गार्मेन्ट निकासी गरेवापत पुरस्कृत भएको थियो । मोमेन्टोले ३ पटक लगातर बढी निकासी गरेवापत पुरस्कार पाएको हो । मोमेन्टो नेपालको सबैभन्दा ठुलो गार्मेन्ट उद्योग हो ।