१ लाखसम्मको वार्षिक कारोबारमा केवाइसी नचाहिने

बुधबार बैंङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी १ लाख रुपैयाँ भन्दा बढी कारोबार गर्नेको मात्र केवाइसी भर्नुपर्ने व्यवस्था गरेको हो ।

काठमाडौं । वार्षिक १ लाख रुपैयाँसम्म कारोबार गर्ने ग्राहकले पहिचान तथा सम्पुष्टि (केवाइसी) भर्नुु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी १ लाख रुपैयाँ भन्दा बढी कारोबार गर्नेको मात्र केवाइसी भर्नुपर्ने व्यवस्था गरेको हो ।

सरकारले खोलौं बैंङ्क खाता अन्र्तगत यस्तो व्यवस्था गरेको केन्द्रीय बैंङ्कका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । यस योजना अन्र्तगत सरलकृत खाता खोल्ने फारम भर्नुपर्ने, अन्य बैंङ्कमा खाता नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।