ऋण नतिरेर डिफल्ट ऋणी ढकाललाई असारसम्म ऋण तिर्न अल्टिमेटम दिएको बैङ्कका सूचना अधिकृत टेकराज जोशीले बताए । उनले लामो समयसम्म ऋण तिर्न अटेर गर्दै आएका ग्राहकलाई असारभित्र कर्जा तिर्न अल्टिमेटमसमेत दिएको सुनाए । डिफल्ट भएका चण्डीलाई ऋण तिर्न अल्टिेमेटम दिएको उनले बताए ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई ऋण चुक्ता नगरे कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ । वाणिज्य बैङ्कले लामो समयसम्म कर्जाको साँवा र ब्याज भुक्तानी नगर्ने ढकालललाई कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो ।
ऋण नतिरेर डिफल्ट ऋणी ढकाललाई असारसम्म ऋण तिर्न अल्टिमेटम दिएको बैङ्कका सूचना अधिकृत टेकराज जोशीले बताए । उनले लामो समयसम्म ऋण तिर्न अटेर गर्दै आएका ग्राहकलाई असारभित्र कर्जा तिर्न अल्टिमेटम समेत दिएको सुनाए । डिफल्ट भएका चण्डीलाई ऋण तिर्न अल्टिेमेटम दिएको उनले बताए ।
ढकालले मोमेन्टो एपरेल्स सञ्चालनका लागि लागि लिएको कर्जा र सोको ब्याजसमेत गरी १ अर्ब रुपैयाँभन्दा बढी देखिएको छ । उनले आर्थिक वर्ष ०५५/०५६ देखि वाणिज्य बैङ्कबाट ऋण लिएका थिए । उनले प्रतितपत्र (एलसी) का साथै फन्डेड र ननफन्डेड ऋण लिएको बैङ्कको भनाइ छ ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैङ्कलाई ‘गो अहेड’ सिग्नल दिएपछि ढकालको कर्तुत बाहिर आएको हो ।
प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडाले पनि ढकाललाई अब बचाउन नसक्ने बताएका थिए । उनीहरुले आफ्नै च्याम्बरमा बोलाएर तत्काल बैङ्कको सावाँ र ब्याज भुक्तानी नगरे अब बचाउन नसक्ने भनिसकेका छन् । बैङ्कबाट कर्जा लिएर अहिलेसम्म साँवा ब्याजसमेत नतिरेको समाचार क्यापिटल नेपालले प्रकाशित गरेपछि ढकालको बदमासी सतहमा आएको हो ।
उनले शक्तिको आडमा अहिलेसम्म बैङ्कलाई बुझाउनुपर्ने रकम बुझाएका थिएनन् ।
ढकालले झापामा स्थापना गरेको मोमेन्टो एपेरिएल्स प्रालि नामक गार्मेन्ट उद्योग सन् २०१२ बाट बन्द भएको हो । त्यही गार्मेन्ट उद्योग खोल्दा लिएको ऋणको सावाँ र ब्याज गरेर ढकालले बाणिज्य बैङ्कलाई झन्डै १ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । तर, आज उद्योग बन्द भएको पनि वर्षौ बितिसकेको छ । अझै पनि उनले ऋण तिरेका छैनन् । उनले शक्तिकेन्द्रको आडमा अवज्ञा गर्दै आएका छन् ।
बैङ्कका सीईओ श्रेष्ठले अहिले ढकालसँग ‘नेगोसिएसन’ भइरहेको बताए । ‘के गर्ने भनेर केही दिनमा निर्णय गर्छौ,’ उनले क्यापिटल नेपालसँग भने, ‘यदि उहाँले तिर्नु भएन भने कानुनी उपचारमा जानुको विकल्प छैन । त्यो कुरा हामीले उहाँलाई सचेत गराइसकेका छौं । ’जनताको पैसा यत्रो समयसम्म नतिर्दा पनि बैङ्क किन चुप लागेर बसेको ? भन्ने प्रश्नमा श्रेष्ठले ढकाललाई पटक–पटक ताकेता गर्दा पनि रकम नबुझाएको बताए ।
‘बैङ्क चुप लागेर बसेको होइन,’ उनले भने, ‘केही प्राविधिक अप्ठयारो परेकाले हो ।’ उनले ढकालले तिर्नुपर्न रकमको बारेमा बताउन चाहेनन् । बैङ्कले कसरी कहिलेसम्म उठाउने र ढकालले पनि तिर्नु भनिरहेका बेला उनको ऋण रकम बाहिर ल्याउनु त्यति उपयुक्त नहुने उनको भनाइ छ । ढकालले यस विषयमा बारम्बार छलफल भइसकेको बताए । यो उद्योग पुनः सञ्चालन हुन्छ ।