बारा–पर्साका हावाहुरी प्रभावितलाई राष्ट्रिय वाणिज्य बैङ्कको ७५ लाख आर्थिक सहयोग

आर्थिक सहयोग बापतको ७५ लाख रुपैयाँको चेक बैङ्क संञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।

काठमाडौं। राष्ट्रिय वाणिज्य बैङ्कले बारा–पर्साका हावाहुरी प्रभावितहरुलाई आर्थिक सहयोग बापत ७५ लाख रुपैयाँ प्रदान गरेको छ । आर्थिक सहयोग बापतको ७५ लाख रुपैयाँको चेक बैङ्क संञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बैङ्कले जनाएको छ ।

चेक ग्रहण गर्दै प्रधानमन्त्री ओलीले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सबैले आ–आफ्नो ठाउँबाट हावाहुरी प्रभावितहरुलाई आफूले सकेको सहयोग गर्न आग्रह पनि गरे । चेक हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले हावाहुरी प्रभावितलाई बैङ्कले उपलब्ध गराएको रकमले ठूलो सहयोग पुग्ने बताए । चेक हस्तान्तरण कार्यक्रममा

हाल राष्ट्रिय वाणिज्य बैङ्कको ७७ वटै जिल्लामा २१८ ओटा शाखा कार्यालय, १६५ ओटा एटिएम र ९३ ओटा शाखा रहित बैंकिङ सेवा केन्द्र रहेको छ।