काठमाडौं । बैंङ्किङ प्रणालीमा तरलताको अवस्था सहज बनाउन नेपाल राष्ट्र बैंङ्कले बिहीबार बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ ।
चैत मसान्तमा बैंङ्कबाट सरकारको ढुकुटीमा ठुलो रकम कर दाखिला हुने भएपछि आउन सक्ने तरलता समस्या व्यवस्थापन गर्न केन्द्रीय बैंकले बिहीबार रिपो औजारमार्फत १५ अर्ब रुपैयाँ पठाउन लागेको हो ।
हाल अन्तर बैंक ब्याजदर ५ प्रतिशत हारहारीमा छ । बैंङ्किङ प्रणालीमा झण्डै ३० अर्ब रुपैयाँ अधिक तरलता छ । कर भुक्तानीका कारण बैंङ्किङ प्रणालीमा तरलताको समस्या नदेखियोस भनेर केन्द्रीय बैंङ्कले पैसा पठाउन लागेको राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले बैंङ्किङ प्रणालीमा तरलताको अवस्था सहज बनाउन खोजेको स्पष्ट पारे ।
एक साताका लागि बजारमा पठाउन लागेको रिपो बैशाख ५ गते परिपक्व हुने छ । केन्द्रीय बैंकले ५ प्रतिशत ब्याजमा रकम बजारमा पठाउन लागेको हो । तरलता कम भएमा रिपोमार्फत केन्द्रीय बैंङ्कले बजारमा पैसा पठाउने र बढी भएमा रिभर्स रिपोमार्फत बैंङ्कहरुबाट पैसा तान्ने गरेको छ । ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय बैंङ्कले रिपो जारी गरेको हो ।