चैत मसान्तसम्म राजश्व बुझ्नु पर्ने तर मसान्तका दिन ३० गते शनिबार परेकाले शनिबार पनि आफ्ना शाखाहरु सञ्चालन गर्न राष्ट्रबैङ्कले निर्देशन दिएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले राजश्व बुझ्ने बैङ्कका शाखाहरु शनिबारका दिन पनि अनिवार्यरुपमा खोल्नका लागि निर्देशन दिएको छ । चैत मसान्तसम्म राजश्व बुझ्नु पर्ने तर मसान्तका दिन ३० गते शनिबार परेकाले शनिबार पनि आफ्ना शाखाहरु सञ्चालन गर्न राष्ट्रबैङ्कले निर्देशन दिएको हो ।
त्यस्तै बैशाख १ गते पनि अधिकांश बैङ्कहरुले आफ्ना कार्यालय सञ्चालन गर्ने भएका छन् । २०७६ साल वैशाख १ गतेबाट ‘सबै नेपालीको बैङ्क खाता’ अभियान सुरु हुने भएकाले त्यस दिन पनि आफ्ना बैङ्क शाखाहरु खोल्न बैङ्कर्स संघले आग्रह गरेका कारण बैङ्कहरुले आफ्ना शाखा खोल्ने भएका हुन् ।