बैंङ्कबाट कर्जा पाउन नसकेकाले स्वदेशी लगानीकर्तालाई अप्ठेरो परेको उनले बताइन । “लगानी गर्न पैसा छैन, उद्योग लगाउन जग्गा सहज उपलब्ध छैन । नीतिगत अप्ठ्यारो अझै सुल्झिएको छैन” उनले भनिन “अहिले स्वदेशी लगानिकर्ता पर्ख र हेरको स्थितिमा छन” ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंङ्कहरुले मनलाग्दी ब्याजदर बढाएको दावी गर्दै यसलाई बन्द गर्नुपर्ने बताइन । जथाभावी ब्याजदर वृद्धिले औद्योगिक वातावरणमा खलल पुर्याएको भन्दै उनले बैंङ्कको ब्याजदर घट्नु पर्नेमा जोड दिइन ।
महासंघको ५३ औं वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष राणाले ब्याजदर बैज्ञानिक आधारमा तय गरिनुपर्नेमा जोड दिइन् । निजी क्षेत्रबाट सुझाव माग्ने तर, कार्यान्वयन नगर्ने रोग मौलाउँदै गएको प्रति गुनासो गर्दे उनले भनिन् “सुझाव कार्यान्वयन नहुने हो भने राज्यले लिएका लक्ष्य हासिल हुँदैनन” ।
बैंङ्कबाट कर्जा पाउन नसकेकाले स्वदेशी लगानीकर्तालाई अप्ठेरो परेको उनले बताइन । “लगानी गर्न पैसा छैन, उद्योग लगाउन जग्गा सहज उपलब्ध छैन । नीतिगत अप्ठ्यारो अझै सुल्झिएको छैन” उनले भनिन “अहिले स्वदेशी लगानिकर्ता पर्ख र हेरको स्थितिमा छन” । ठूला परियोजनामा विदेशी लगानी आवश्यक भएको उनको भनाई छ