बैंशाख ३ गतेभित्र प्रस्ताव पेश गर्न कोषले भनेको छ ।
काठमाडौं । बैंङ्किङ्ग प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) भइरहेका बेला नागरिक लगानी कोषले झण्डै ५ अर्ब रुपैयाँ वाणिज्य बैंङ्कमा मुद्धति निक्षेप राख्ने भएको छ ।
कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षे मुद्धतिमा राख्न लागेको हो । क्रेडिट क्रञ्चले ग्रस्त बैंङ्कलाई राहात हुने भएको छ । बैंशाख ३ गतेभित्र प्रस्ताव पेश गर्न कोषले भनेको छ । वाणिज्य बैंङ्कहरुले संस्थागत निक्षेपको ब्याज वार्षिक ८.६ प्रतिशतसम्म दिने गरी भद्र सहमति गरेका छन् ।