जगेडा कोषमा राखिएको रकमको औचित्य नदेखिएको भन्दै कार्यलयले सो रकम संचयकर्तालाई वितरण गर्न सुझाएको हो ।
काठमाडौं । महालेखा परीक्षकको कार्यलयले जगेडा कोषमा भएको रकम संचयकर्तालाई वितरण गर्न कर्मचारी संचय कोषलाई सुझाएको छ । परीक्षकको कार्यलयले ५६ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्षसम्म १ अर्ब ३३ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको देखाएको छ ।
जगेडा कोषमा राखिएको रकमको औचित्य नदेखिएको भन्दै कार्यलयले सो रकम संचयकर्तालाई वितरण गर्न सुझाएको हो । कोषले आर्थिक वर्ष ०६६/०६७ मा सञ्चयकर्तालाई जगेडा कोषमा भएको रकम वितरण गरेको देखिएको जानकारी दिएको छ ।
ठुलो रकम जगेडा कोषमा रहेको र उक्त कोषमा रकम राख्नुको औचित्य स्पष्ट नभएको महालेखाको सुझाव छ ।