राष्ट्र बैंङ्कका कर्मचारीलाई तलव बाहेक २२० प्रतिशत भत्ता

सबै कर्मचारीलाई ८ किसिमका र विशेष समूहका कर्मचारीलाई १९ किसिमका भत्ता उपलब्ध गराउदै आएको छ । गत वर्ष तलब बाहेक १ अर्ब ३२ करोड अन्य भत्ताहरुमा खर्च लेखेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंङकका कर्मचारीले १९ किसिमका भत्ता पाउने गरेका छन । कर्मचारीको भत्तामा मात्रै केन्द्रीय बैंङ्कले १ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यलयले जनाएको छ ।

सरकारले खर्चमा मितव्ययिता सम्वन्धी निर्देशिका जारी गरी सबै सरकारी निकायमा विगतमा प्रदान गर्दै आएको स्थानीय, लुगा र महंगी बाहेक अन्य सबै प्रकारका भत्ताहरु खारेज गरेपनि राष्ट्र बैंङकमा कायम रहेको महालेखाले जानकारी दिएको छ । निर्देशिकाको उक्त प्राबधान सार्वजनिक संस्थानमा समेत लागु हुने उल्लेख छ ।

राष्ट्र बैंङ्कका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलावा सबै कर्मचारीलाई ८ किसिमका र विशेष समूहका कर्मचारीलाई १९ किसिमका भत्ता उपलब्ध गराउदै आएको छ ।

गत वर्ष तलब बाहेक १ अर्ब ३२ करोड अन्य भत्ताहरुमा खर्च लेखेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त खर्च तलब खर्चको तुलनामा २२० प्रतिशत बढी हुने देखिन्छ । निर्देशिकाको उक्त प्रावधान पालना गर्नेतर्फ ध्यान दिन महालेखाले सुझाएको छ ।