‘खोलौँ बैङ्क खाता’ राष्ट्रिय अभियान सुरु, पहिलो खाता प्रधानमन्त्रीका बुवाले खोले

समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ भन्ने नारासहित सुरु भएको अभियानको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रिय वाणिज्यबैङ्कमा आफ्नै बुबा खाता खोलेर अभियानको शुभारम्भ गरेका हुन् ।

काठमाडौं । नयाँ वर्षका अवसरमा आज नेपाल सरकारले सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ भन्ने नारासहित सुरु भएको अभियानको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रिय वाणिज्यबैङ्कमा आफ्नै बुबा खाता खोलेर अभियानको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अभियानको शुभारम्भ गरेका हुन् । हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

हालसम्म बैँक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो । सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।