लमजुङको उदिपुरदेखि भरतपुरसम्म २२० केभी प्रसारणलाइन बनाउँदै विद्युत् प्राधिकरण, ग्लोबल टेन्डर आह्वान

आयोजनाको काम आगामी सन् २०२० को जुनसम्म सम्पन्न गर्ने प्राधिकरणले जानकारी दिएको छ । छनौट हुने ठेकेदारले प्रसारणलाइनको डिजाइन, निर्माण, आपूर्ति र सञ्चालनको काम गर्नुपर्ने छ । प्रसारणलाइनका लागि युरोपियन इन्भेष्टमेन्ट बैंकले ऋण सहयोग गर्ने भएको छ ।

काठमाडौं । मस्र्याङदी करिडोरबाट उत्पादन हुने विद्युत प्रवाहका लागि नेपाल विद्युत प्राधिकरणले लम्जुङको उदिपुरदेखि भरतपुरसम्म २२० केभी क्षमताको प्रसारणलाइन बनाउने भएको छ ।

प्रसारणलाइन बनाउन प्राधिकरणले बोलपत्र आब्हान समेत गरेको छ । अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) मार्फत प्रसारणलाइन निर्माण हुन लागेको हो । मस्र्याङदी करिडोर अन्र्तगतको प्रसारणलाइन आयोजनाको काम आगामी सन् २०२० को जुनसम्म सम्पन्न गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

छनौट हुने ठेकेदारले प्रसारणलाइनको डिजाइन, निर्माण, आपूर्ति र सञ्चालनको काम गर्नुपर्ने छ । प्रसारणलाइनका लागि युरोपियन इन्भेष्टमेन्ट बैंकले ऋण सहयोग गर्ने भएको छ । दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक सहयोग (सासेक) अन्र्तगत नेपालको ऊर्जा प्रणालीको विस्तार योजना अनुसार प्रसारणलाइन निर्माण हुन लागेको हो । जेठ १७ गते अर्थात ३१ मेसम्मलाई बोलपत्र पेश गर्न अन्तिम दिन तोकिएको छ ।

मस्र्याङदी नदीमा निर्माण भइरहेका ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको तल्लो मस्र्याङदी, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए लगायत सञ्चालनमा रहेका साना ठुला र निर्माणका तयारीमा रहेका आयोजनालाई लक्षित गरी प्रसारणलाइन निर्माण गर्न लागेको हो ।

मस्र्याङदी–काठमाडौं प्रसारणलाइनको काम पनि अघि बढेको छ । विद्युत प्राधिकरणले यस वर्ष ५ ओटा लाइन र एउटा सबस्टेसन बन्ने जनाएको छ । चालू आव २०७५७६ को अन्त्यसम्म मुलुकभर निर्माणाधीनमध्ये ६ ओटा प्रसारण लाइन र सबस्टेसन बन्ने अपेक्षा प्राधिकरणले लिएको हो ।

यो करिडोर बनेपछि त्यसक्षेत्रका दर्जनभन्दा बढी साना ठूला जलविद्युत् आयोजना गरी सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने बाटो खुल्नेछ । डुम्रे—दमौली—मस्र्याङ्दी प्रसारण लाइन निर्माण भएपछि भोल्टेजमा सुधार हुने छ ।