सरकारले एक घर एक खाता अभियानलाई परिष्कृत गर्दै सबैका लागि, सधैंका लागि सहारा भन्ने नारासहित खाता सञ्चालनमा ल्याउने भएको हो । खाता खोल्दा बैंकको तर्फबाट १०० रुपैयाँ जम्मा गरिनेछ । त्यस्तै प्रत्येकको अग्रिम बिमा सुरक्षण हुने बैंकका कार्यकारी निर्देशक सुनिल केसीले बताए ।
काठमाडौं । एनएमबि बैंकको सबैका लागि सहारा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी खाता सञ्चालन भएको सार्वजनिक गरेको हो ।
सरकारले एक घर एक खाता अभियानलाई परिष्कृत गर्दै सबैका लागि, सधैंका लागि सहारा भन्ने नारासहित खाता सञ्चालनमा ल्याउने भएको हो । खाता खोल्दा बैंकको तर्फबाट १०० रुपैयाँ जम्मा गरिनेछ । त्यस्तै प्रत्येकको अग्रिम बिमा सुरक्षण हुने बैंकका कार्यकारी निर्देशक सुनिल केसीले बताए ।
खातावालाको दुर्घटनामा मृत्यु, अंगभंग भए वा क्यान्सरलगायतका १८ प्रकारका गम्भीर रोगमध्ये एक रोग लागेको खण्डमा निजको हकवालालार्इ १० लाखसम्मको बिमा रकम उपलब्ध गराउनेछ । यसका अतिरिक्त सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ सेवालगायत सुविधा हुनेछन् । खाता निःशुल्क खोलिनेछ ।