प्लाष्टिक झोला विस्थापित गर्न कागजको झोला उत्पादन सुरु

प्लाष्टिकका झोलाको विकल्पका रुपमा नेपालगञ्जको वडा नम्बर १२ मा माझी प्रोडक्सनले कागजको झोला उत्पाद सुरु गरेको हो ।

नेपालगञ्ज । नेपालगञ्जमा मंगलबारदेखि कागजका झोला उत्पादन सुरु भएको छ । प्लाष्टिकका झोलाको विकल्पका रुपमा नेपालगञ्जको वडा नम्बर १२ मा माझी प्रोडक्सनले कागजको झोला उत्पाद सुरु गरेको हो । झोला उत्पादन कार्यको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले उद्घाटन गरेका छन् । उनले नेपालगञ्जलाई प्लाष्टिकमुक्त बनाउने उपमहानगरको अभियानलाई सघाउने गरी कागज झोलाको उत्पादन सुरु भएको भन्दै यसमा आफ्नोतर्फबाट मिल्ने सम्मको सहयोग गर्ने बताए ।

माझी प्रोडक्सनका सञ्चालक कुमार अधिकारीले ५० लाखको लागतमा सञ्चालनमा आएको प्रोडक्सनले हाल कागजका झोला उत्पादन गर्ने बताउँदै भविष्यमा कागजका कप, प्लेट, गिलास र दुना पनि उत्पादन गर्ने जानकारी दिए ।