एभरेष्ट बैङ्कका ग्राहकलाई चिरायु हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौं । एभरेष्ट बैङ्क लिमिटेडले चिरायु नेसनल हस्पिटलसँग आफ्ना ग्राहकलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्क र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकले विभिन्न सेवामा १५ प्रतिशत छुट पाउन सक्नेछन् । यस साझेदारीअनुसार एभरेष्ट बैङ्कका ग्राहकले एटीएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउनेछन् । ‘सर्भिस विथ स्माईल’ नारासहित एभरेष्ट बैङ्कले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई महत्त्व दिएको बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एभरेष्ट बैङ्कका सन्तुष्ट ग्राहकहरुको सङ्ख्या १० लाखभन्दा बढी छ, जुन बैङ्किङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । क्यामेलस् रेटिङमा एभरेष्ट बैङ्क बेस्ट रेटेड कमर्सियल बैङ्कमा पर्न सफल भएको बताइएको छ ।

एभरेष्ट बैङ्कले हाल आफ्ना ९४ ओटा शाखा, २८ राजस्व सङ्कलन काउन्टर र ११६ एटीएम तथा बृहत् बाह्य सन्जालमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।