बैङ्कहरुको औसत आधारदर घटेर ९.७६ प्रतिशतमा सीमित भएको छ । यसअघि आधारदर १०.३६ प्रतिशत थियो । अझै पनि केही बैङ्कको आधारदर ११ प्रतिशतभन्दा माथि नै छ । बैङ्कहरुले निक्षेपमा दिने औसत ब्याजदर ६.६२ प्रतिशत छ । अघिल्लो वर्षको फागुनमा ६.४५ प्रतिशत थियो । यो वर्ष सामान्य बिन्दुले बढेको छ ।
काठमाडौं । वाणिज्य बैङ्कहरुले व्यवसायीबाट लिने कर्जाको ब्याजदर अझै १२ प्रतिशतभन्दा बढी छ । बैङ्कले कर्जामा लिने औसत ब्याजदर १२.३३ प्रतिशत छ । गत वर्षको फागुनमा कर्जाको ब्याजदर ११.६९ प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष बढेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
बैङ्कहरुको औसत आधारदर घटेर ९.७६ प्रतिशतमा सीमित भएको छ । यसअघि आधारदर १०.३६ प्रतिशत थियो । अझै पनि केही बैङ्कको आधारदर ११ प्रतिशतभन्दा माथि नै छ । बैङ्कहरुले निक्षेपमा दिने औसत ब्याजदर ६.६२ प्रतिशत छ । अघिल्लो वर्षको फागुनमा ६.४५ प्रतिशत थियो । यो वर्ष सामान्य बिन्दुले बढेको छ ।
निक्षेप लागत, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात जोडेर आधारदर तय गरिएको हुन्छ । बैङ्कहरुले महँगोमा निक्षेप उठाएपछि यसको असर आधारदर हुँदै कर्जाको ब्याजमा पर्ने गरेको छ ।
ब्याजदर बढेर सीमा नाघेपछि नेपाल राष्ट्र बैङ्कको निर्देशनमा केही महिनाअघि बैङ्कहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.५ र संस्थागत निक्षेपमा ८.६ प्रतिशतसम्म लिने गरी भद्र सहमति गरेका हुन् । ब्याजदरमा केही कमी भए पनि गत वर्षको फागुनको भन्दा बढी रहेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
अन्तर बैङ्क ब्याजदर बढेर औसत ५.१५ प्रतिशत पुगेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप २१ प्रतिशतले बढेर ३१ खर्ब १३ अर्ब करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी २२.६ प्रतिशत बढेर २७ खर्ब ८० अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
आठ महिनामा वाणिज्य बैङ्कहरुले १० खर्ब ५ अर्ब ४८ करोड र अन्य वित्तीय संस्थाले १ खर्ब ८२ अर्ब १० करोड रुपैयाँको अन्तर–बैङ्क कारोबार गरेका छन् ।