एनआईबीएल क्यापिटल र एस क्यापिटलको एकीकृत कारोबार

यस सम्बन्धमा २०७४ साल कार्तिक २३ गते भएको सहमति पत्रबमोजिम दुवै कम्पनीको मङ्सिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारण सभाले निर्णय गरेका थिए र सो निर्णय बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत माघ ११ गते स्वीकृति प्राप्त भएको थियो ।

एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) भएर आज माघ २८ गतेदेखि एनआईबीएल एस क्यापिटल लिमिटेड नामबाट एकीकृत कारोबार हुने भएको छ ।

यस सम्बन्धमा २०७४ साल कार्तिक २३ गते भएको सहमति पत्रबमोजिम दुवै कम्पनीको मङ्सिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारण सभाले निर्णय गरेका थिए र सो निर्णय बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत माघ ११ गते स्वीकृति प्राप्त भएको थियो ।

मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २७ करोड हुने र हालसम्मकै सबैभन्दा बढी चुक्ता पुँजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) बनेको छ । एक लाख ४२ हजारभन्दा बढी हितग्राही खाता, चारओटा शाखा कार्यालय (थप तीनओटा खुल्ने क्रममा) र ३८ ओटा कम्पनीको सेयर रजिष्ट्रार कार्यमार्फत करिब १० लाख सेयरधनीहरुलाई सेवा प्रदान गरिने आज एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

‘यस सहकार्यपश्चात् मर्चेन्ट बैङ्किङ व्यवसायमा सकारात्मक असर पर्नुका अतिरिक्त कम्पनीबाट दिइने सेवाहरु अझ सुदृढ र सशक्त भई आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास लिएका छौं’, विज्ञप्तिमा उल्लेख छ ।