कालिगण्डकी गर्जको काम अघि बढ्यो, ईआईएको काम हुँदै

बाँधबाट ६.१ किलोमिटर लामो भूमिगत सुरुङबाट पानी प्रवाह गरी सोही गाउँपालिकाको घराप गाउँ नजिक अर्ध भूमिगत विद्युत् गृहमा पानी खसालेर बिजुली उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ । यस्तै आयोजनाले ४८ हेक्टर जग्गाको भूउपयोग परिवर्तनको प्रस्ताव गरेको छ ।

काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा निर्माण हुन लागेको १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार पारेको छ । कालिगण्डकी गर्ज हाइड्रोपावर प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको ईआईए प्रतिवेदनमा स्थानीयबासिन्दासँग राय माग गरेको छ ।

गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालिगण्डकी नदीमा आयोजनाले घासा गाउँको झोलुङे पुलभन्दा करिब ५० मिटर माथि ८.४७ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव गरेको छ । बाँधबाट ६.१ किलोमिटर लामो भूमिगत सुरुङबाट पानी प्रवाह गरी सोही गाउँपालिकाको घराप गाउँ नजिक अर्ध भूमिगत विद्युत् गृहमा पानी खसालेर बिजुली उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ । यस्तै आयोजनाले ४८ हेक्टर जग्गाको भूउपयोग परिवर्तनको प्रस्ताव गरेको छ ।

अघि बढ्ने भएको छ । चैत १५ र १६ गते काठमाडौंमा आयोजना गरिएको लगानी सम्मेलनमा कालिगण्डकी गर्ज निर्माणका लागि सम्झौता गरेको चिनियाँ कम्पनी र नेपाली साझेदारले संयुक्त लगानीमा आयोजनाको निर्माण अघि बढाउन सुरु गरेका छन् । आयोजनामा चाइना न्युक्लियर पावर ग्रुप अन्तर्गतको युनाङ सिङ ह्वा वाटर कन्जर्भेसन एन्ड हाइड्रोपावर र साङ्घाई इन्भेस्टिगेसन डेभलपमेन्ट रिसर्च इन्स्टिच्युटको लगानी हुने छ । नेपालीको १५, चाइना न्युक्लियरको ८० र साङ्घाई इन्भेस्टिगेसनको ५ प्रतिशत स्वामित्व गरी लगानी संरचना तयार पारिएको छ । आयोजना बनाउन करिब ४० अर्ब रुपैयाँ लाग्ने देखिएको छ । आयोजना साँझको विद्युत् माग पूरा गर्न अर्धजलाशय खाकामा (पिकिङ्ग) निर्माण हुने भएपछि यसको लागतमा केही हेरफेर पनि हुन सक्ने सम्भावना छ ।

सन् २०१९ भित्र आयोजनाको निर्माणपूर्वका सबै काम सकेर सन् २०२० को मध्यदेखि निर्माण सुरु हुने कालिगण्डकी गर्जका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताएका छन् । उनले काम सुरु गरेको ५ वर्षमा कालिगण्डकीबाट बिजुली बल्ने जानकारी दिएका छन् ।

आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सकिएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले कम्पनीलाई विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ ।

सरकारले जलाशययुक्त, अर्धजलाशय र नदीको बहावमा आधारित आयोजनालाई छुटट्ै पीपीए दर निर्धारण गरेको छ । ऋण चुक्ता (पे ब्याक पिरियड) अर्थात् १० वर्षसम्म जुन अघि हुन्छ त्यति बेलासम्मलाई डलरमा पीपीए हुने व्यवस्था गरिएको छ । विदेशी मुद्रा जोखिम न्यून गर्न सरकारले हेज फन्ड पनि कार्यान्वयनमा ल्याएको छ ।