सिमेन्टमा ‘एग्रेसिभ’ बन्दै सौरभ समूह, उत्पादन दोब्बर

नेपालमा सिमेन्टको माग बढ्दै गएसँगै सौरभ समूहले आफ्नो क्षमता दोब्बर बनाउन लागेको हो । हाल उद्योगले दैनिक एक हजार ४ सय टन सिमेन्ट उत्पादन गर्दै छ । कम्पनीले उक्त उद्योग स्थापनाका लागि ६ अर्ब रुपैयाँ लगानी गरेको थियो । अब ४ अर्ब रुपैयाँ लगानी थपेपछि उद्योगमा कुल १० अर्ब रुपैयाँ लगानी पुग्छ । कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्म क्षमता दोब्बर बनाउने समूहका सञ्चालक तथा उद्योगका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले जानकारी दिए ।

सौरभ समूहले सिमेन्ट उद्योगमा ४ अर्ब रुपैयाँ थप लगानी गर्ने भएको छ । तीन वर्ष अघि नवलपरासीको सुनवलमा स्थापना भएको उद्योगमा समूहले ठूलो लगानी थप्न लागेको हो ।

नेपालमा सिमेन्टको माग बढ्दै गएसँगै सौरभ समूहले आफ्नो क्षमता दोब्बर बनाउन लागेको हो । हाल उद्योगले दैनिक एक हजार ४ सय टन सिमेन्ट उत्पादन गर्दै छ । कम्पनीले उक्त उद्योग स्थापनाका लागि ६ अर्ब रुपैयाँ लगानी गरेको थियो । अब ४ अर्ब रुपैयाँ लगानी थपेपछि उद्योगमा कुल १० अर्ब रुपैयाँ लगानी पुग्छ । कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्म क्षमता दोब्बर बनाउने समूहका सञ्चालक तथा उद्योगका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले जानकारी दिए ।

‘उद्योगभित्र नयाँ मेसिन जडान तथा अन्य पूर्वाधारको काम भइरहेको छ,’ उनले क्यापिटल नेपालसँग भने ‘सकेसम्म जेठ अन्तिम नभए असार अन्तिमसम्म उत्पादन दोब्बर भएर बजारमा आउँछ ।’ जगदम्बा सिमेन्टको प्रवद्र्धक सौरभ समूहको ५५ प्रतिशत र किस्न होल्डिङ्स कम्पनी हङकङको ४५ प्रतिशत सेयर रहेको कम्पनीले आफूलाई बजारमा ‘एग्रेसीप’ बनाउँदै लगेको ।

सर्वोत्तमले हाल दैनिक १५ लाख केसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यसरी हिसाव गर्दा सवोत्तमले बार्षिक रुपमा एक करोड ६८ लाख केजी सिमेन्ट उत्पादन हुन्छ । अब क्षमता दोब्बर बनाउने वित्तिकै बार्षिक रुपमा सवा तीन करोड केजी सिमेन्ट उत्पादन हुने न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उच्च प्रविधिसहित गुणस्तरयुक्त क्लिंकरका साथै सिमेन्ट उत्पादन गर्दै आएका छौं । त्यसैगरी, उद्योगले क्षमता विस्तार गर्ने वित्तिकै क्लिङ्कर आयातमा समेत कमी आउने उनको भनाइ छ । उद्योगले पाल्पाको कचल र दोभान खानीबाट चुनढुङ्गा उत्खनन् गरिरहेको छ भने क्लिङ्करका लागि आवश्यक पर्ने बक्साइड र जिप्सम भारतबाट ल्याइरहेको छ । रेड क्ले र रातो माटो भने नेपालकै प्रयोग गरिरहेको उद्योगले जनाएको छ ।

उद्योगका सबै उपकरण कम्प्युटरकृत भएकाले कम जनशक्तिमै धेरै उत्पादन सम्भव भएको न्यौपाने जानकारी दिए । डेनमार्कको स्मिथ कम्पनीद्वारा उत्पादित प्रविधि जडान गरेर उत्पादन भइरहेको कम्पनीले जनाएको छ । यो प्रविधिबाट ऊर्जा खपत निकै न्यून रहन्छ । उद्योगले प्रदूषण नियन्त्रणका लागि अतिरिक्त प्रविधि जडान गरेको हो ।

अन्य उद्योगको तुलनामा ५० प्रतिशत विद्युत्त खपत कम गर्ने गरी डिजाइन गरिएको छ । सर्वोत्तमले उत्पादन गर्ने क्लिङ्कर अन्य उद्योगमा पनि बिक्री गर्ने लक्ष्य सहित उत्पादन दोब्बर बनाउन लागेको हो ।