नविलले व्यालेन्स फण्ड २ निष्कासन गरेको हो । व्यालेन्स फण्ड निष्कासन बैंशाख ५ गतेदेखि सुरु भई छिटोमा ९ गते र ढिलोमा जेठ ३ गते तोकिएको छ ।
काठमाडौं । नविल बैंङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) आज बिहीबारदेखि निष्कासन भएको छ । नविलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड ईकाइ म्युचअल फण्ड निष्कासन गरेको हो ।
नविलले व्यालेन्स फण्ड २ निष्कासन गरेको हो । व्यालेन्स फण्ड निष्कासन बैंशाख ५ गतेदेखि सुरु भई छिटोमा ९ गते र ढिलोमा जेठ ३ गते तोकिएको छ । कोष प्रवद्र्धक नविल र योजना व्यवसथापक नविल इन्भेष्टमेन्ट बैंङ्किङ लिमिटेड रहेको छ । व्यालेन्स फण्डको मूल्य प्रति इकाइ १० रुपैयाँ छ ।
न्युनतम १०० देखि १ करोड २० लाख कित्ता अर्थात १२ करोड रुपैयाँसम्म आवेदन दिन पाइने नविलले जानकारी दिएको छ । चालु आर्थिक वर्ष सुरु भएपछिको यो पहिलो म्युचअल फण्ड हो ।
अझै ७ अर्ब ७५ करोड रुपैयाँको म्युचअल फण्ड पाइपलाइनमा रहेका छन् । सेयर बजार निरन्तर घटेपछि पछिल्लो समयमा मर्चेन्ट बैंङ्करले म्युचअल फण्ड निष्कासन गर्न ढिलाइ गर्दै आएका छन् ।