नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आईएमई बैंङ्क क वर्गमा, कुन कम्पनी कुन समूहमा (सूचिसहित)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्क र ग्लोबल आईएमई बैंङ्क क वर्गमा परेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आईएमईलाई क वर्गमा वर्गिकरण गरेको हो ।

यसपटक सबै वाणिज्य बैंङ्क जेडमा परेका छन् । अपरतामाकोसी हाइड्रोपावर लिमिटेड जी ग्रुपमा परेका छन् । नेप्सेले बी, सी, इ, एफजी ग्रुपमा वर्गिकरण गरेको छैन् । हिमालयन, सेन्चुरी कमर्शियल, सिटिजन्स, एभरेष्टलगायत सबै बैंङ्क अन्तिम सुचिमा परेका हुन् । कम्पनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोला

अधिकाँश जलविद्युत कम्पनी र केही लघुवित्त वित्तीय संस्था जी ग्रुपमा परेको नेप्सेले जनाएको छ । चुत्तापुँजी न्युनतम १ अर्ब, नेप्सेमा सुचिकरण गराएको ३ वर्ष पुरा, ३ आर्थिक वर्षमा लगातार नाफा गरी लाभांश वितरण गरेको, औसत भन्दा माथि क्रेडिट रेटिङ भएको, आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गरेका कम्पनीलाई क वर्गमा वर्गिकरण गर्ने धितोपत्र सुचिकरण विनियमावलीमा उल्लेख छ ।