धरहराको पुनःनिर्माण १२ प्रतिशत सकियो, डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, ३०८ करोड लाग्ने अनुमान

विगत ४ महिनाअघि निर्माण अघि बढाइएकोमा हालसम्म १२ प्रतिशत काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले फाउन्डेसनको काम भइरहेको छ

काठमाडौं । क्षतिग्रस्त धरहराको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ । विगत ४ महिनाअघि निर्माण अघि बढाइएकोमा हालसम्म १२ प्रतिशत काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले फाउन्डेसनको काम भइरहेको छ । धराहरा बन्ने मुख्य ठाउँको फाउन्डेसनको एक भाग सकिएको प्राधिकरणका सदस्य राजुमान चौधरीले जानकारी दिए । ‘धराहरा बन्ने मुख्य भागमध्ये एक भागको फाउन्डेसनको काम सकिएको छ’ उनले भने, ‘अब दुबैतिर ¥याक बनाएर भूमिगत पार्किङ एरिया बन्छ ।’ उनले समग्र भौतिक प्रगति हेर्दा १२ प्रतिशत सकिएको बताए ।

पछिल्ला दिनहरुमा वर्षाका कारण काममा अवरोध भइरहेको उनको भनाई छ । उनले आगामी असार र साउनमा वर्षाका कारण काम नरोक्ने गरी अघि बढेको बताए । धराहराको पुनःनिर्माणका लागि हालसम्म ४४ करोड रुपैयाँ खर्च भएको छ । कुल अनुमानित लागत ३०८ करोड अनुमान गरिएको छ ।

धराहराको जमिनमुनी तीनतला रहने गरी फाउन्डेसन र पार्किङ स्थल बनाइनेछ । उक्त पार्किङ स्थलमा ४०० मोटरसाइकल र ५० ओटा कारहरु अट्नेछन् ।
धराहरा सन् २०२० अक्टोबर सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।