कुमारी बैङ्कको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कुमारीको प्रतिकित्ता २६९ रुपैयाँमा ८ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार १५ अङ्कले बढेर नेप्से परिसूचक १ हजार २३२ अङ्कमा पुगेको छ । सोमबारदेखि लगातार बढेको सेयर बजार बिहीबारसम्म कायम छ ।
बिहीबार ७४ करोड रुपैयाँबराबरको २४ लाख ३३ हजार २७५ कित्ता सेयर किनबेच भएको छ । कुमारी बैङ्कको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कुमारीको प्रतिकित्ता २६९ रुपैयाँमा ८ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुमारीले २१.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता झुम्मिँदा सबैभन्दा बढी सेयर कारोबार भएको हो ।
यस्तै प्रभु बैङ्कको २७८ रुपैयाँमा ४ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार बैङ्क, होटल, विकास बैङ्क, उत्पादन र लघुवित्तको सेयर मूल्य बढेको छ । जलविद्युत्, वित्त र बिमाको सेयर मूल्य घटेको छ ।
बिहीबार नेपाल एसबीआई बैङ्क र नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले कमाएका छन् ।