एभरेष्ट बैङ्कले स्थापनाको २३औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा बैङ्कले नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको थियो । बैङ्कले आफ्ना मुख्य शाखासहित विभिन्न शाखाहरुमा वार्षिकोत्सव मनाएको हो । ६४ शाखा, दुई एक्सटेन्सन काउन्टर, २८ राजस्व सङ्कलन काउन्टर र ९१ ओटा एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत बैङ्कले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।