राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर

सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउन्टरले पहिलो दिनदेखि नै मालपोत कार्यालयको काममा आउने सेवाग्राहीलाई बैङ्किङ सेवा उपलब्ध गराउन थालेको छ । बैङ्कको एक्स्टेन्सन काउन्टरले मालपोत कार्यालयमा बुझाउनु पर्ने राजस्व रकम सङ्कलन गर्नेछ ।

काठमाडौं । सप्तरीको राजविराजस्थित मालपोत कार्यालय परिसरमा बिहीबारदेखि प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहबीच बैङ्कको एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् ।

सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउन्टरले पहिलो दिनदेखि नै मालपोत कार्यालयको काममा आउने सेवाग्राहीलाई बैङ्किङ सेवा उपलब्ध गराउन थालेको छ । बैङ्कको एक्स्टेन्सन काउन्टरले मालपोत कार्यालयमा बुझाउनु पर्ने राजस्व रकम सङ्कलन गर्नेछ ।

बैङ्कको यसै एक्स्टेन्सन काउन्टरबाट मालपोत कार्यालयले बैङ्किङ प्रणालीमा प्रवेश गरेको छ । कामको सिसिलामा मालपोत कार्यालय आउने सम्पूर्ण सेवाग्राहीले प्रभु बैङ्कको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।