३ लघुवित्तले आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)

नेपाल एग्रोले आइतबार १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता र गणपति माइक्रोफाइनान्सले सोमबार ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

काठमाडौं । विभिन्न ३ ओटा लघुवित्त संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडले गरी ७ करोड ४६ लाख ७७ हजार ८०० कित्ता बराबरको ७ लाख ४६ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

यी मध्ये नेपाल एग्रोले आइतबार १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता र गणपति माइक्रोफाइनान्सले सोमबार ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । नेपाल एग्रोले चुत्तापँुजीको ३२.५ र गणपतिले ३२.३७ प्रतिशत आईपीओ निश्कासन गर्न लागेका हुन् ।

यस्तै गुराँश लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । उसले पनि दुई साताभित्र आईपीओ निष्कासन गर्दैछ । गुराँशले २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

३ ओटा पाइपलाइनमा

३ ओटाले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, घोडीघोडा लघुवित्त र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन । जनसेवीले ४ करोड ६३ लाख ३० हजार रुपैयाँको ४ लाख ६३ हजार ३०४ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।

स्वावलम्बनले १ करोड ९८ लाख ६१ हजार रुपैयाँको १ लाख ९८ हजार ६१ कित्ता, घोडीघोडा लघुवित्तले १ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ६० र इन्फिनिटी लघुवित्तले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका हुन ।