नेपाल इन्भेष्टमेन्टलाई पछि पार्दै नबिल बैङ्क बजार पुँजीकरणको दोस्रोमा

चौथो स्थानमा रहेको एभरेष्ट बैङ्कको पुँजीकरण ५० अर्ब ६४ करोड ९५ लाख रुपैयाँ छ । अघिल्लो साता एभरेष्टको बजार पुँजीकरण ४८ अर्ब १६ करोड रुपैयाँ थियो । यो साता झन्डै २ अर्ब रुपैयाँ बढेको छ ।

काठमाडौं । नबिल बैङ्कले नेपाल इन्भेष्टमेन्ट बैङ्कलाई बजार पुँजीकरणमा पछि पारेको छ । एक महिनाअघि नबिललाई पछि पार्दै आएको नेपाल इन्भेष्टमेन्टले यो साता आफै पछि परी तेस्रोमा झरेको हो । नबिल दोस्रो र नेपाल टेलिकम तेस्रो पहिलो स्थानमा छ ।

नबिलको बजार पुँजीकरण बढेर ७२ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्टको ६९ अर्ब ५९ करोड २४ लाख रुपैयाँ छ । अघिल्लो साता नबिलको ६६ अर्ब २७ करोड र नेपाल इन्भेष्टमेन्टको ६८ अर्ब ९४ करोड रुपैयाँ थियो । नबिलले एक सातामा झन्डै साढे ६ अर्ब रुपैयाँ पुँजी बढाएको छ । इन्भेष्टमेन्टको झन्डै २ अर्ब रुपैयाँ बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

यो साता स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई पछि पारेको छ । अघिल्लो साता नेपाल लाइफ स्ट्यान्डर्डभन्दा अघि रहेकोमा यो साता पछि परेको छ । यो साता स्ट्यान्डर्ड चाटर्डको बजार पुँजीकरण बढेर ४९ अर्ब र नेपाल लाइफको ४८ अर्ब ८० करोड रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएको छ । अघिल्लो साता नेपाल लाइफको ४८ अर्ब १४ करोड र स्ट्यान्डर्ड चाटर्डको ४७ अर्ब ३४ करोड रुपैयाँ थियो ।

चौथो स्थानमा रहेको एभरेष्ट बैङ्कको पुँजीकरण ५० अर्ब ६४ करोड ९५ लाख रुपैयाँ छ । अघिल्लो साता एभरेष्टको बजार पुँजीकरण ४८ अर्ब १६ करोड रुपैयाँ थियो । यो साता झन्डै २ अर्ब रुपैयाँ बढेको छ ।

बजार पुँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी टेलिकमको बजार पुँजीकरण १ खर्ब २ अर्ब ३० करोड रुपैयाँ छ । हिमालयन बैङ्क सातौं स्थानमा छ । उसको बजार पुँजीकरण ४५ अर्ब ३२ करोड ७७ लाख, एनआईसी एसिया बैङ्कको ४२ अर्ब ५८ करोड र एनएमबी बैङ्कको ३७ करोड २ लाख ९९ हजार रुपैयाँ रहेको नेप्सेले जनाएको छ । एनएमबीको सेयर मूल्य बढ्दै गएपछि बजार पुँजीकरण माथि पुगेको हो । बजार पुँजीकरणमा टेलिकम र जीवन बिमाबाहेक ८ ओटा बैङ्क अघि छन्र ।

नेप्सेमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरण १५ खर्ब २८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो साता १४ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँ थियो ।

एनएमबी बैङ्कको सबैभन्दा बढी सेयर कारोबार

यो साता एनएमबी बैङ्कको बढी सेयर कारोबार भएको छ । एनएमबीको १९ करोड ४० लाख रुपैयाँबराबरको ५ करोड १३ लाख कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । रकमका आधारमा एनएमबीपछि कुमारी बैङ्क रहेको छ । कुमारीको १७ करोड २६ लाख, प्रभुको १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै एनआईसी एसियाको १४ करोड १४ करोड ३४ लाख, नेपाल बैङ्कको १२ करोड ६९ लाख र सिभिल बैङ्कको ८ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत साता २ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो साता बजार बढेर नेप्से परिसूचक १ हजार २३२ अंकमा पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैङ्क र सिनर्जी फाइनान्स लिमिटेडको बोनस र हकप्रद सेयर कारोबारका लागि नेप्सेमा सूचीकृत भएको छ । इन्भेष्टमेन्टको १ करोड ९३ लाख ४२ हजार र सिनर्जीको ३ लाख ८० हजार ९३८ कित्ता रहेका छन् ।