भोजपुर सदरमुकाम टक्सारदेखि विमानस्थलसम्मको सडक कालोपत्रे हुने

पाँच किलोमिटर लम्बाइ रहेको सो सडकको डेढ वर्षभित्र कालोपत्र सम्पन्न हुने जनाइएको छ । सडक निर्माणका लागि ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ ।

भोजपुर । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र हुने भएको छ । प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

पाँच किलोमिटर लम्बाइ रहेको सो सडकको डेढ वर्षभित्र कालोपत्र सम्पन्न हुने जनाइएको छ । सडक निर्माणका लागि ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ ।

सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधि श्यामकुमार श्रेष्ठले आफूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । उनले निर्माणको काम समयमै सम्पन्न गराउन सबै पक्षले सहयोग र निगरानी गर्न आग्रह गरे ।