सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेको औपचारिक उद्घाटन

सोही कार्यक्रमका अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेबाट नेपालमा मात्रै नभई छिट्टै नै विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरिएको थियो ।

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेको औपचारिक उद्घाटन भएको छ । मनी ट्रन्सफरको उद्घाटन यूकेका लागि नेपालली राजदूत डा.दुर्गाबहादुर सुवेदीले गरेका हुन् ।

उद्घाटन समारोहमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टन्डन, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमका अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेबाट नेपालमा मात्रै नभई छिट्टै नै विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरिएको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर विगत १२ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै नेपालको ७००० भन्दा बढी एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।