हाँडीगाउँको लावा जात्रा (फोटो फिचर)

सोमबार हाँडीगाउँ संस्कृति तथा जात्रा संरक्षण समितिको आयोजनामा उक्त जात्रा निकालिएको हो । लावा जात्रा नेवार समुदायको सांस्कृतिक र परम्परागत पर्व हो ।

काठमाडौं । हाँडीगाउँमा लावा जात्रा निकालिएको छ । सोमबार हाँडीगाउँ संस्कृति तथा जात्रा संरक्षण समितिको आयोजनामा उक्त जात्रा निकालिएको हो । लावा जात्रा नेवार समुदायको सांस्कृतिक र परम्परागत पर्व हो ।

हाँडीगाउँको डबलीबाट निकालिएको लावा जात्रा गहनापोखरी, टङ्गाल गणेश, भाटभटेनी हुँदै डबलीमा पुगेर समापन भएको थियो । जात्रामा नेवार समुदायको परम्परा र जीवनशैलीअनुसारका भेषभुषा पहिरिएर रथसहित महानगर परिक्रमा गरिएको थियो ।