यसअघि लक्ष्मीमै सीईओ रहेका शर्माको आगामी वैशाख १७ गते अवधि सकिने भएपछि सोमबारको सञ्चालक समिति बैठकले वैशाख १८ गतेदेखि लागू हुनेगरी पुनः नियुक्ति दिएको छ ।
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशराज शर्मालाई नै नियुक्त गरेको छ ।
यसअघि लक्ष्मीमै सीईओ रहेका शर्माको आगामी वैशाख १७ गते अवधि सकिने भएपछि सोमबारको सञ्चालक समिति बैठकले वैशाख १८ गतेदेखि लागू हुनेगरी पुनः नियुक्ति दिएको छ ।
आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी पाएका शर्माले त्यहाँ कम्पनी सचिवको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । लक्ष्मी लघुवित्तमा जानुअघि उनी निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (तत्कालीन निर्धन उत्थान बैङ्क)को महाप्रबन्धक थिए ।
त्यसैगरी उनले पूर्णिमा विकास बैङ्कको सल्लाहकार समितिको सदस्यका रुपमा पनि काम गरेका थिए ।