एभरेष्ट बैङ्कद्वारा कुपण्डोलदेखि लगनखेलसम्मको सडकमा वृक्षरोपण

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेष्ट बैङ्कको सहकार्य र प्रगतिशील धारा सुधार समितिको सयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् ।

काठमाडौं । एभरेष्ट बैङ्कले पृथ्वी दिवसको अवसरमा वृक्षरोपण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेष्ट बैङ्कको सहकार्य र प्रगतिशील धारा सुधार समितिको सयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् ।

एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पुल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् ।