सञ्चय कोषले बनाउने बेतन कर्णाली जलविद्युतको डीपीआर ४ महिनाभित्र, सञ्चयकर्ताबाट उठ्यो ४३२ करोड

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम गरिरहेको छ । एनईएले ईआईएका लागि क्षेत्र निर्धारण गर्न लागेको छ । ढिलोमा अगस्टसम्म डीपीआर तयार भइसक्ने उनले जानकारी दिए । आयोजना सञ्चय कोष, ६ लाख सञ्चयकर्ता र सर्वसाधारणको लगानीमा निर्माण हुने छ ।

काठमाडौं । कर्मचारी सञ्चय कोषले अघि बढाएको ४४२ मेगावाटको बेतन कर्णाली अर्धजलाशय आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम अन्तिम चरणमा पुगेको छ । आउँदो ४ महिनाभित्र डीपीआर तयार भइसक्ने कोषका प्रशासक तुलसी गौतमले बताए ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम गरिरहेको छ । एनईएले ईआईएका लागि क्षेत्र निर्धारण गर्न लागेको छ । ढिलोमा अगस्टसम्म डीपीआर तयार भइसक्ने उनले जानकारी दिए । आयोजना सञ्चय कोष, ६ लाख सञ्चयकर्ता र सर्वसाधारणको लगानीमा निर्माण हुने छ ।

आयोजना सञ्चय कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुने छ । सञ्चयकर्ताबाट ८ अर्ब रुपैयाँ लगानी जुटाउने तयारी छ । हालसम्म ४ अर्ब ३२ करोड रुपैयाँ लगानी जुटिसकेको कोषले जानकारी दिएको छ । जुटेको रकममध्ये २८ करोड रुपैयाँ आयोजनाको डीपीआरका लागि खर्च भएको छ । ५० अर्ब रुपैयाँ बैङ्कबाट ऋण जुटाइने छ । आयोजनामा नबिल बैङ्क र नेपाल एसबीआई बैङ्कले ऋण लगानी गर्ने समझदारी गरेका छन् । औपचारिक सम्झौता हुन बाँकी छ । डीपीआर आएपछि बैङ्कसँग ऋण सम्झौता हुने गौतमको भनाइ छ ।

बेतन कर्णालीमा सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानीसम्बन्धित विनियमावली बनाइसकेको छ । गत आर्थिक वर्ष ०७३÷०७४ देखिको नाफा आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरिएको हो ।

बेतन कर्णाली बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजनाबाट वार्षिक २ अर्ब ३१ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । काम सुरु भएको ६ वर्षमा आयोजनाको काम सम्पन्न हुनेछ ।

आयोजना सुर्खेतको चौकुना र अछाममा ढकारी गाउँपालिकामा पर्छ । आयोजनाको बाँध ८९ मिटर अग्लो हुने छ । सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १४ किलोमिटर लामो पहुँचमार्ग र ५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन बनाउनुपर्ने देखिएको छ ।