ग्रेटर नेपालका अध्यक्ष बैङ्किङ कसुरमा समातिए

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल बैङ्किङ कसुरमा समातिएका छन् । ६ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दामा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

नेपालले गौशालामा सञ्चालन गर्दै आएको इडेन पब्लिक स्कुलका घरबेटी नरेशकुमार न्यौपानेलाई नेपालले खातामा पैसा नभए पनि चेक दिएका थिए ।

उनलाई बैङ्किङ कसुरमा कारबाही गर्ने तयारी रहेको काठमाडौं प्रहरी प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए ।