बैंङ्कलाई सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न अनुमति दिएको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंङ्कलाई सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न अनुमति दिएको हो ।
हालसम्म ३ ओटा बैंङ्कले सहायक कम्पनीमार्फत २ अर्ब ७० करोड रुपैयाँ बराबरको २७ करोड इकाइ म्युचअल फण्ड निष्कासन गर्न बोडबाट अनुमति पाएका छन् ।
नविल बैंङ्कले १ अर्ब २० करोडको नविल व्यालेन्स फण्ड, सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचअल फण्ड २ निष्कासन अनुमति पाएका हुन् ।