नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर कृषि विकास बैङ्कबाट ऋण लिने २ जना पक्राउ

सीआईबीले कागजात किर्ते गरी ४० लाख रुपैयाँ ऋण झिकेको अभियोगमा झरना ह्युम्यान रिसोर्सका संचालक शंकर धिताल र अनिल अधिकारीलाई पक्राउ गरेको हो।

काठमडौं । नक्कली करचुक्ता प्रमाणपत्र बनाई कृषिविकास बैङ्क स्वयम्भु शाखबाट ऋण लिने २ जनालाई बैङ्किङ कसुरमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कागजात किर्ते गरी ४० लाख रुपैयाँ ऋण झिकेको अभियोगमा झरना ह्युम्यान रिसोर्सका संचालक शंकर धिताल र अनिल अधिकारीलाई पक्राउ गरेको हो।

उनीहरुले फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा आन्तरिक राजश्व कार्यालय लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाणपत्रलाई किर्ते गरी झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई कसुर गरेको भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ।