नेरुडे लघुवित्तमा सुधीरकुमार

संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अर्यालले राजीनामा दिएपछि उनको ठाउँमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्चालक सुधीरकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अर्यालले राजीनामा दिएपछि उनको ठाउँमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

सोमबारको सञ्चालक समितिले श्रेष्ठलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको थियो । प्रबन्ध सञ्चालक श्रेष्ठले आगामी वैशाख १६ गतेदेखि कार्यभार सम्हाल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनी नेरुडेमा विराटलक्ष्मी विकास बैङ्कको तर्फबाट सञ्चालक बनेका थिए । विराटलक्ष्मी प्राइम कमर्सियल बैङ्कमा एकीकृत भइसकेको छ ।