राष्ट्र बैङ्कको ‘भुक्तानी तथा फर्छ्योट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।
काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति प्रदान गरेको छ । राष्ट्र बैङ्कको ‘भुक्तानी तथा फर्छ्योट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत आन्तरिक मनी ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाइल वित्तीय सेवाहरू पनि उपलब्ध हुनेछन् ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । सुरुदेखि नै खल्ती नवीनतम प्रविधि तथा सेवामार्फत जीवन सहज बनाउन केन्द्रित छ । राष्ट्र बैङ्कबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन कम्पनी थप उत्प्रेरित बनेको बताइएको छ ।