५४ मेगावाटको सुपरदोर्दी आयोजनाको ४० प्रतिशत काम सकियो, २ वर्षमा बिजुली उत्पादन गर्ने

आयोजनाको सुरुङ्ग खन्ने काम ६०.५ सकिएको छ । आयोजनाको विद्युतगृह भदौभित्र खनी सक्ने लक्ष्य आयोजनाको छ । हालसम्मको कार्य प्रगति र लागत खर्चको अनुपात हेर्दा त्यसका आधारमा निश्चित समय र तोकिएको लागतमा नै आयोजना समपन्न हुने गौतमले जानकारी दिए ।

काठमाडौं । पिपल्स हाइड्रोपावर प्राइभेट लिमिटेडले निर्माण गरिरहेको ५४ मेगावाटको सुपरदोर्दी आयोजनाको ४० प्रतिशत काम सकिएको छ । आयोजनाको अब ६० प्रतिशत काम बाँकी छ । आगामी २०७७ असारसम्म बिजुली उत्पादन थाल्ने गरी आयोजनाको काम अघि बढेको आयोजना निर्देशक अर्जुन गौतमले बताए ।

निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुन मस्र्याङदी करिडोरमा निर्माणधीन २२० केभी क्षमताको प्रसारणलाइनको काम सम्पन्न हुनुपर्ने गौतमको भनाई छ । ‘हामी निर्धारित समयमा काम सम्पन्न गर्ने उद्धेश्यका साथ अघि बढेका छौँ’ उनले भने, ‘२२० केभी क्षमताको प्रसारणलाइन निर्माणमा आयोजनाको काम निर्भर गर्ने छ ।’

आयोजनाको इलोक्ट्रोमेकानिकलको काम अस्ट्रियाको जिपर्ट हाइड्रोपावर कम्पनीसंग खरिद सम्झौता भएको छ । आयोजनाको हाइड्रोमेकानिकल माछापुच्छ्रे मेटलवर्कस पोखरासंग सम्झौता भइसकेको गौतमले जानकारी दिए ।

चुनौतीको रुपमा रहेको भर्टिकल सर्च ट्याँकको पाइलट होल बुधबार ब्रेक थ्रु भएको अर्को साफटको काम जेठमा सकिने उनले बताए । यस्तै आयोजनाको सुरुङ्ग खन्ने काम ६०.५ सकिएको छ । आयोजनाको विद्युतगृह भदौभित्र खनी सक्ने लक्ष्य आयोजनाको छ । हालसम्मको कार्य प्रगति र लागत खर्चको अनुपात हेर्दा त्यसका आधारमा निश्चित समय र तोकिएको लागतमा नै आयोजना समपन्न हुने गौतमले जानकारी दिए ।

आयोजना निर्माण भएपछि वार्षिक ३२ करोड युनिट विद्युत उत्पादन हुने उनले जानकारी दिए । सानिमा बैङ्कको अगुवाइमा सातओटा बैंकको ऋण लगानी आयोजना निर्माण भइरहेको छ । आयोजनाको प्रारम्भिक कुल लागत अनुमान ८ अर्ब ८० करोड रुपैयाँ छ ।

आयोजनामा सिभिलतर्फ हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन, वज्रगुरु कन्स्ट्रक्सन र बीपीसी कम्पनीले काम गरिरहेका छन् । २०७२ असारबाट निर्माण कार्य सुरु भएको थियो । आयोजना निर्माण भएपछि उत्पादित विद्युत लम्जुङको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । हाल उक्त सबस्टेसनको काम पनि तीव्र रुपमा अघि बढेको छ ।