यसरी हुँदैछ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण-फोटोफिचर

उपत्यकामा रानीपोखरी, धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप, सिंहदरबारलगायतका संरचनाको पुनर्निर्माण सम्पन्न हुन सकेका छैनन् । तर, केही पुनर्निर्माणको प्रक्रिया र केही सुरु भइसकेका छन् ।

काठमाडौं । २०७२ वैशाख १२ गते आजैको दिन नेपालीका लागि कालो दिन । अर्थात् भूकम्पका कारण दसौं हजारले ज्यान गुमाउनु परेको दुखद क्षण थियो । ९ लाख घर पूर्णरुपमा क्षति भए । ठूलो सङ्ख्यामा पुरातात्त्विक सम्पदा, पुल, सडक, विद्यालय तथा अस्पताल क्षतिग्रस्त भए । आज भूकम्प गएको चार वर्ष पूरा भएको छ । भूकम्पपछिको पुनर्निर्माणमा सरकार लागिपरेको छ । अहिलेसम्म ५० प्रतिशत लाभग्राहीले घर बनाइसकेका छन् । समग्रमा ८० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।

क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, पुनर्स्थापना गर्न २०७२ पुसमा गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम गरिरहेको छ । खासगरी पुरातात्त्विक र सहरी क्षेत्रको पुनर्निर्माण सुस्त छ । उपत्यकामा रानीपोखरी, धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप, सिंहदरबारलगायतका संरचनाको पुनर्निर्माण सम्पन्न हुन सकेका छैनन् । तर, केही पुनर्निर्माणको प्रक्रिया र केही सुरु भइसकेका छन् ।

धरहरा र काष्ठमण्डपको पुनर्निर्माण सुरु भइसकेको छ । प्राधिकरणले वैशाख १२ गते उपत्यकाभित्र पुनर्निर्माण भइरहेका सम्पदाहरुको निरिक्षण र अवलोकन गरेको छ । अहिलेसम्म भएकाे प्रगतिका केही झलक तस्बिरमा हेर्नुहाेस् ।